सांसद मोदी र कुलमान चर्काचर्की- भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्न तयार छु : कुलमान घिसिङ

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा मंगलबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच दोहोरो भनाभन चल्यो।

सांसद मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरूसँग बक्यौता रकम असुली गर्ने+ नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप घिसिङलाई लगाए।

लगत्तै समिति बैठकमा जवाफ दिने क्रममा घिसिङ सांसद मोदीमाथि खनिए।
मैले भ्रष्टाचार गरेको प्रमाणित भए म झुण्डिएर मर्न तयार छु,’ घिसिङले भने, ‘अनावश्यक चार्ज नगर्नुहोला।

मैले भ्रष्टाचार गरेको प्रमाणित भए म झुण्डिएर मर्न तयार छु,’ घिसिङले भने, ‘अनावश्यक चार्ज नगर्नुहोला।’

कुलमानले सांसद मोदीकै निर्वाचन क्षेत्रको समस्या देखाइदिए। ‘तपाईले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले गर्दा मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न सकेका छैनौं, एकातर्फ जनप्रतिनिधि भएर आफैं विकासका काम रोक्ने अर्कोतर्फ इमान्दारीका साथ रातदिन नभनी मुलकको लागि काम गरिरहेको व्यक्तिलाई भ्रष्टचार गर्यो भन्दै जथाभावी बोल्ने’, कुलमानले भने।

‘नीतिगत भ्रष्ट्राचार देखिसक्यो’, मोदीले भने।

मोदी बोलेपछि कुलमानले थपे – ‘सांसद भयो भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला। सबै कुरा छानबिन भएको छ। सम्बन्धित निकायले छानबिन गरेको छ।’ 

कुलमानले जवाफ दिइरहँदा मोदीले फेरि प्रतिवाद गरे, ‘नीतिगत देखिसक्यो… उहाँ ठाडठाडै हेर्नुहोस् त।’

तपाईको प्रतिक्रिया