इजिप्ट र युरोपेली संघका कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गरेका छन्। कायरोमा युरोपेली संघका शीर्ष कुटनीतिज्ञसँगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अब्देलाट्टीले गाजा पट्टीमा नागरिकविरुद्ध इजरायली सैन्य कारवाही पुनः शुरु गर्ने कुरा अस्वीकार गरेको बताए। अब्देलाट्टीले भने, "सबै...

संविधानको रक्षा गर्न प्रतिवद्ध छौं: संविधान सभा परिषद् नेपाल

काठमाडौं। संविधान सभा परिषद् नेपालले देशमा अराजक गतिविधिहरूका कारण अस्थिरता सिर्जना भएको र यसले राजनीतिक अस्थिरता बढाएको जनाएको छ। सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परिषद्ले यस्तो ठहर गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष अनन्त पौडेलले अराजक गतिविधिहरूले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने र नेपाली समाजलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका...

प्रधानमन्त्री कपमा बागमतीको दमदार प्रदर्शन, कर्णालीलाई ५८ रनले हरायो

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले चौथो जित दर्ता गरेको छ। बाँया हाते पेसर रिजन ढकाल र बाँया हाते स्पिनर सूर्य तामाङको शानदार बलिङको मद्दतले कर्णालीलाई ५८ रनमै अलआउट गर्यो। लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य बागमतीले १ विकेट गुमाउँदै मात्र ६.३ ओभरमा पूरा...

लागुऔषध मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

कपिलवस्तु प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत कपिलवस्तुको ०७१ असार ३० गतेको फैसला अनुसार लागुऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख जरिवाना तोकिएका कृष्णनगर नगरपालिका-३ का राजेन्द्रकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो। अग्रवाललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार कृष्णनगर नगरपालिका-३ मा लुकिछिपी बसिरहेको अवस्थामा...

त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा यस वर्षको स्ववियु निर्वाचन चैत १३ गते हुने भएको छ।पहिले चैत ५ गते तोकिएको स्ववियु निर्वाचन तालबन्दीका कारण स्थगित गरिएको थियो।निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार जारी गरेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने पुष्टि गरिएको छ।निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेदेखि सुरू हुनेछ।स्ववियु चुनावको मिति निर्धारण...

प्रधानमन्त्रीको नेतृत्वमा”सफा नेपाल अभियान”शुरु हुँदै…मन्त्रीका उपलब्धि र प्रतिबद्धता यस्ता छन्…

प्रधानमन्त्रीको नेतृत्वमा”सफा नेपाल अभियान”शुरु हुँदै…मन्त्रीका उपलब्धि र प्रतिबद्धता यस्ता छन्…
वरिष्ठ पत्रकार जगदीश खरेल निरन्तर रूपमा खानेपानी र सरसफाइ सम्बन्धी बहस कार्यक्रम "Talk of Town" मार्फत जनचेतना फैलाउँदै आउनुभएको छ। यस अङ्कमा, खानेपानी मन्त्री प्रदीप यादवसँग सुरक्षित र दिगो खानेपानी तथा सरसफाइका सन्दर्भमा हालका योजनाहरू र आगामी कदमहरूबारे गहिरो छलफल भएको छ। मन्त्री यादवले यस कार्यक्रममार्फत सरकारको प्रगति र आगामी दिनमा...

पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु

बाँके : बाँके जिल्लाको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ।यसपछि स्थानीयवासीहरू आक्रोशित भएर पानी ट्यांकरमा आगजनी गरेका छन्। प्रहरी चौकी बेतहनीमा पनि ढुंगामुढा हुन थालेको छ।घटनास्थलतर्फ बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफैं पुग्नुभएको छ। जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार आइतबार...

इन्टरनेटको तार तान्ने क्रममा करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु

गोरखा : गोरखाको आरुघाट गाउँपालिका-६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ। आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी र प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। "करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका...

औरही घटनाको छानबिन गर्न संसदीय समितिको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गर्नुभएको छ । आजको राष्ट्रिय सभा बैठकमा सांसद रिजालले सिरहाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका...

मन्त्रीहरुलाई लोसपाको निर्देशन: जनअपेक्षाअनुसार काम गर्नुहोस्

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आफ्ना मन्त्रीहरुलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको छ। लोसपाले हिजो सचिवालयको बैठकमा यस सम्बन्धी सुझाव दिएको हो। पार्टीका मन्त्रीहरू सङ्घ र मधेश प्रदेश सरकारमा समावेश छन्। हालको सरकारको आलोचना भइरहँदा लोसपा नेपालले मन्त्रीहरूलाई जनहित र जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेको हो। लोसपा...