प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा पुगे

फाइल तस्बिर। प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा पुगे। नेकपा (एमाले) बाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा २०७८ भदौमा स्थापना भएको एकीकृत समाजवादी पार्टीको कार्यालयमा यो उनको पहिलो भ्रमण हो। प्रधानमन्त्री ओलीको कार्यालय पुग्दा, एमालेबाट निकालेका पूर्वउपाध्यक्ष भीम रावल पनि त्यहाँ उपस्थित थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार, ओलीले एकीकृत समाजवादीको कार्यालयको...

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

१७ चैत, जनकपुरधाम। धनुषाको जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएको हो। छुरा प्रहार गरेर हत्या गरेको घटनामा संलग्न दोषीको पक्राउको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले सडक खोल्ने क्रममा झडप भएको थियो। यस झडपको क्रममा दर्जनौं सेल...

रवि लामिछाने पार्टी सभापतिमा फर्किए

काठमाडौँ — रवि लामिछाने रास्वपा सभापतिको जिम्मेवारीमा पुनः फर्किएका छन्। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार सोमबारको बैठक लामिछानेको सभापतित्वमा बस्नेछ। झाका अनुसार सोमबार दुईवटा केन्द्रीय समितिको बैठक एकपछि अर्को गरी निरन्तर बस्नेछन्। पहिलो बैठकमा कार्यवाहक सभापतिबाट धन्यवाद ज्ञापन गरिनेछ र त्यसपछि पार्टी सभापतिको सभापतित्वमा दोस्रो बैठक बस्नेछ। पहिलो बैठकको समापन पछि दोस्रो...

भक्तपुरमा बिस्केट जात्राको तयारी तीव्र, रथ निर्माण जारी

काठमाडौं। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राको तयारी तीव्र भएको छ। जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्रांगणमा भैरव र भद्रकालीको रथ निर्माणका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्। प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीहरूले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेदेखि...

ललितपुरको वायु खतराको स्तरमा, एक्यूआई ३०० नाघ्यो

काठमाडौं। ललितपुरको भैँसेपाटीको वायु गुणस्तर खतराको स्तरमा पुगेको छ। आइतबार दिउँसो २:३० बजेतिर भैँसेपाटीको वायु गुणस्तर मापदण्ड (एक्यूआई) ३६९ मा पुगेको जानकारी प्राप्त भएको छ। वातावरण विभागका अनुसार, सोमबार दिउँसो २:३० बजेतिर भैँसेपाटीको वायु खतराको स्तरमा रह्यो। काठमाडौं उपत्यकाका अन्य स्थानहरूमा पनि वायु अस्वस्थकर छ। काठमाडौंको शंखपार्कको एक्यूआई १६९, रत्नपार्कको १५४...

राजावादी प्रदर्शनको उग्ररूप पछि काठमाडौँमा कर्फ्यु लागू

काठमाडौँ । काठमाडौँको तीनकुने आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरिएको छ। राजावादीका प्रदर्शनहरूले स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश लागू गरेको हो। कर्फ्यु शुक्रवार अपराह्न ४:२५ बजे देखि राति १० बजेसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिएका छन्। यस अवधिमा तोकिएका स्थानहरूमा कुनै पनि प्रकारको भेला, जुलुस,...

चार तीर्थयात्रीको भारतमा सवारी दुर्घटनामा मृत्यु

काठमाडौं: भारतमा तीर्थयात्राका लागि गएका दाङका चारजनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। दाङको तुलसीपुरबाट तीर्थयात्राका लागि भारत गएका युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी बिहीबार बहराइचमा दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ। यो दुर्घटनामा गाडीचालक ३७ वर्षीय युवराज चापागाईं र तुलसीपुर–७ का जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष...

सुन र चाँदीको मूल्यमा वृद्धि, सुन १ लाख ७६ हजार २ सय पुग्यो

काठमाडौँ: सुनको मूल्य अहिले आफ्नो ऐतिहासिक उच्चतम स्तरमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँले वृद्धि भइ प्रतितोला १ लाख ७६ हजार २ सय पुगेको छ। बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ७४ हजार ८ सय थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि...

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं: म्यानमारमा गएको शक्तिशाली भूकम्पसँगै नेपाली समुदायको अवस्थाबारे कुनै अप्रिय सूचना प्राप्त नभएको नेपाली राजदूत हरिषचन्द्र घिमिरेले जानकारी दिएका छन्। शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो। म्यानमारका लागि नेपाली राजदूत घिमिरेले भूकम्पले एक मिनेटसम्म हल्लाएको बताएका छन्। उनले भने, "भूकम्पले केही स्थानमा पुल...

अराजक बने राजावादी प्रदर्शन, घर-पसलमा तोडफोड

काठमाडौं: राजावादी प्रदर्शनकारीहरूले प्रहरीको अश्रुग्यास प्रहार पछि थप आक्रोशित हुँदै तीनकुने क्षेत्रमा व्यापारी घर र पसलमा ढुंगामुढा प्रहार गरेका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै व्यवसायिक प्रतिष्ठानमा तोडफोड गर्न थालेका छन्। ढुंगामुढाबाट केही घर र पसलमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले तीनकुनेका एक व्यापारी घरमा तोडफोड गरी कागजपत्र निकालेर जलाईरहेका छन्। निषेधित क्षेत्र तोड्न...