ई–सेवाबाट करोडौं रकम चोरी गर्ने युवक काठमाडौंबाट पक्राउ

काठमाडौं — फिसिङ लिंकको माध्यमबाट रकम चोरी गरेको आरोपमा कञ्चनपुरका २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति कृष्णपुर नगरपालिका–१ का राहुल बुढा हुन्, जो हाल काठमाडौंको अनामनगरमा बस्दै आएका थिए। उनी माथि विभिन्न व्यक्तिलाई एसएमएसमार्फत फिसिङ लिंक पठाएर ई–सेवाको एक करोड दुई लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको...

गभर्नर नियुक्तिमा देउवा–ओलीको सहमति, चाँडै टुंगो लाग्ने सञ्चारमन्त्री गुरुङको भनाइ

नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा चाँडै नियुक्ति हुने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले गभर्नर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको संकेत गर्दै, प्रमुख दलका शीर्ष नेताहरूबीच सहमति भइसकेको जानकारी दिए। ‘देशको समग्र अर्थतन्त्रमा सुधार ल्याउने क्षमताको गभर्नर...

सुनचाँदीको अवैध कारोबारमा संलग्न नौ भारतीय पक्राउ

सुनचाँदीको अवैध कारोबारमा संलग्न रहेको आरोपमा नौ भारतीय नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकाहरूबाट करिब दुई करोड रुपैयाँ बराबरको अवैध सुन, चाँदी र नगद बरामद गरिएको छ। उनीहरूबाट एक करोड ७० लाख १० हजार रुपैयाँ बराबरको सुन, ३० लाख नौ हजार बराबरको चाँदी तथा...

निजी मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरूमा एमबीबीएस र बीडीएस कार्यक्रमका सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बुधबार बसेको आयोगको बैठकमा प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यो निर्णय गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक...

पूर्वप्रदेशप्रमुख अहिराज माथि बलात्कारको आरोप, प्रहरी अनुसन्धानमा

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा (अहिराज)माथि प्रहरीले अनुसन्धान थालेको छ। एक युवतीले बलात्कारको आरोप लगाउँदै उजुरी दिएको आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको पुष्टि...

पाँचखालका इँटा उद्योग बन्द गर्न सर्वोच्चद्वारा आदेश

काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाभित्र सञ्चालनमा रहेका इँटा उद्योगहरू बन्द गर्न आदेश दिएको छ। अदालतले ती इँटाभट्टाहरूले वातावरण र जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याएको ठहर गर्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो।स्थानीयवासीहरूले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाउँदै २०७६ पुस १४ गते सर्वोच्च अदालतमा...

काभ्रेमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएको छ।मंगलबार भित्री सडकखण्डमा रबिओपीबाट पाँचखालतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क १८४५ नम्बरको टिपरले ठक्कर दिँदा पाँचखाल नगरपालिका–३, चापेपिपलबोटकी आरिका परियारको मृत्यु भएको हो। काभ्रे जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि तत्काल धुलिखेल अस्पताल लगिएको थियो। तर,...

मुस्ताङलाई ‘नेपालकै स्वर्ग’ भन्छन् चलचित्रकर्मी , स्टुडियो स्थापना गर्न माग!

मुस्ताङ — पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक खण्ड सुगम बन्दै जाँदा मुस्ताङ चलचित्र छायांकनका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। काठमाडौँबाट एकै दिनमा पुग्न सकिने, जनशक्ति र छायांकन सामग्री सजिलै ढुवानी गर्न मिल्ने भएकाले मुस्ताङमा छायांकन गर्न आउनेहरूको आकर्षण बढ्दो छ। हिमाली सौन्दर्य, पृथक भूगोल, सांस्कृतिक विविधता, तथा कृषि–पशुपालन संस्कृति जस्ता विशेषताले...

सात अंकले बढ्यो नेप्से, कारोबार ८ अर्ब नाघ्यो

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा पुगेको छ। दोहोरो अंकको वृद्धि भएका कारण चार वटा कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशत वृद्धि) देखिएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सेयरहरूमा उच्च वृद्धि भएको हो। दोस्रो...

पाँच रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं — नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका १० लाख थान नयाँ नोट बजारमा ल्याएको छ। राष्ट्र बैंकका अनुसार नम्बर ४५०००००१ देखि भ १८९९९९९९ सम्मका नोटहरू चलनमा ल्याइएका हुन्। यी नोटहरू पुरानै आकार र रङमा छापिएका छन्। नयाँ नोटको अगाडिको भागमा बायाँपट्टि सगरमाथाको चित्र र दायाँपट्टि लालिगुराँसको पानी छाप देखिन्छ।...