१ सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस: श्रमिकहरूको अधिकार र सम्मानको लागि विविध कार्यक्रमसँग मनाइँदै

काठमाडौं। आज १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। मे महिनाको १ गते विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने परम्परा रहेको छ। यस दिनलाई श्रमिकहरूको पेशागत सम्मान र अधिकारको सुनिश्चितता गर्नका लागि मनाइन्छ। विश्वभरका श्रमिकहरूले श्रमिक दिवसलाई पर्वको रूपमा लिई, आफ्ना अधिकारहरूको सुरक्षा र सुनिश्चितताको लागि सरकार र...

कडा संशोधन हुँदै मानव बेचबिखन ऐनमा ,सम्पत्ति र राहदानी रोक्का गर्न सकिने व्यवस्था

काठमाडौं, वैशाख १९ — नेपाल सरकार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनलाई संशोधन गर्न तयारीमा छ। यसका लागि प्रतिनिधि सभा मा संशोधन विधेयक दर्ता भएको छ, जसको मुख्य उद्देश्य ऐनलाई संघीयता र पालेर्मो प्रोटोकलसँग तादात्म्य बनाउन हो। यद्यपि, सरोकारवालाहरूले अझै केही अतिरिक्त विषय थप गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। विधेयक ११ चैतमा...

सुनको मूल्यमा भारी गिरावट, तोलामा ४६ सय रुपैयाँले घट्यो

काठमाडौं, — नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ। बुधबार मात्रै सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो। त्यसको भोलिपल्टै यति ठूलो...

सुन र चाँदीको मूल्यमा गिरावट, आजको बजार भाउ कति?

काठमाडौं: आजको दिन स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ सय रुपैयाँले बढेको सुन आज ७ सय रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, आज एक तोला सुनको मूल्य १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ८८...

पाँच सयको नक्कली भारतीय नोटसहित एकजना भारतीय युवती पक्राउ

विराटनगर: विराटनगरमा एक भारतीय युवती नक्कली भारतीय नोटसहित पक्राउ परेकी छन्। विराटनगर महानगरपालिका-१३, भारत बिहार राज्यको अररिया जिल्लाकी १९ वर्षीय सिम्पी बैसन्ती मंगलबार साँझ पक्राउ परेकी हुन्। बैसन्तीले विराटनगर-१३ स्थित एक किराना पसलमा सामान किन्ने क्रममा पाँच सय रुपैयाँको नक्कली भारतीय नोट दिएको भन्दै पसलेले शंका गरेपछि प्रहरीलाई सूचना दिएका थिए।...

रेशम चौधरीलाई डिल्लीबजार कारागार चलान

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ। मंगलबार प्रहरी टोलीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरी कारागार लगेको हो। चौधरीको पक्राउ पार्टी एकता घोषणाको तयारी भइरहेका बेला भएको थियो। चौधरी, जो टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका थिए, गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी प्राप्त गरेपछि...

एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ — प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। गएको सोमबारको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा, दानबहादुर कार्की, राजन अधिकारी, र मनोज केसीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार, बुधबार आईजीपी...

रवीन्द्र मिश्रमाथि प्रहरी दुर्व्यवहार गरिएको आरोप, सांसद मनीष झाको संसदमा ध्यानाकर्षण

काठमाडौं, वैशाख १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले मिश्रको विचार र धारणा आफूलाई स्वीकार्य नहुन सक्ने जनाउँदै पनि, राज्यले विपक्षी विचार राख्ने व्यक्तिहरूमाथि दुर्व्यवहार गर्नु अस्वीकार्य भएको स्पष्ट...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नयाँ दिल्लीतर्फ प्रस्थान

काठमाडौं, वैशाख १६ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतको सातदिने औपचारिक भ्रमणमा आज (मंगलबार) १० सदस्यीय टोलीसहित नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। उनको भ्रमण भारत सरकारको औपचारिक निमन्त्रणामा भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा लगानी सम्मेलनको तयारी, ऊर्जा, पर्यटन र कृषि क्षेत्रका सम्भावनाहरूबारे छलफल...

राउटे मुखिया सूर्यनारायण शाहीको निधन

दैलेख, वैशाख १७ — नेपालको एकमात्र घुमन्ते–फिरन्ते समुदाय राउटेका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ। ४९ वर्षीय शाहीको अत्यधिक मदिरा सेवनका कारण सोमबार राति सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित सोतखोला राउटे बस्तीमै निधन भएको हो। बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार, वैशाख १ गते नयाँ वर्षको उत्सवपछि शाहीले लगातार मदिरा सेवन गर्दै...