भारतीय एम्बुलेन्समा गाँजा तस्करी, चालक पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-६ बाट भारतीय नम्बर प्लेटको एम्बुलेन्समा लागुऔषध गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले १८० किलोग्राम गाँजा बरामद गरेको छ। प्रहरीले २० वैशाख राति ९ बजे विशेष सूचनाको आधारमा भारतीय नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो। एम्बुलेन्समा गाँजा लुकाइरहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट...

पाटन दरबार क्षेत्रको नयाँ शौचालय, एक करोड २६ लाख ५१ हजारमा निर्माण सम्पन्न

ललितपुर । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण गरेको छ। यस शौचालयको लागत एक करोड २६ लाख ५१ हजार रहेको छ। पाटन दरबार क्षेत्रमा पर्यटकहरूको संख्या बढ्दै गइरहेको समयमा शौचालयको अभाव रहेको थियो। यसलाई मध्यनजर गर्दै, पर्यटकीय आकर्षणलाई अझ प्रभावकारी बनाउन शौचालय निर्माण गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा...

तनहुँबाट दुई जनालाई १४ लाख रुपैयाँसहित पक्राउ, अनुसन्धान जारी

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट शनिबार दिउँसो स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गोरखाको सहिद लखन गाउँपालिका-८ का २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका छन्। अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.४०प २६४१ नम्बरको मोटरसाइकलमा...

नेप्से ३.४४ अंकले घट्यो, ९ अर्ब २४ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारको परिसूचक नेप्से आइतबार (वैशाख २१) सत्र झिनो अंकले घटेर बन्द भएको छ। कारोबार अन्त्यमा नेप्से ३.४४ अंकले घट्दै २६२०.३९ विन्दुमा झरेको हो। दिनभरको सेयर कारोबारमा कुल ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भयो। कारोबार भएका कम्पनीमध्ये ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको मूल्यमा...

कृषि परियोजनालाई धितो राखेर कर्जा दिने राष्ट्रपति पौडेलको घोषणा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कृषि सम्बन्धी उद्यम परियोजनालाई धितो राखेर कर्जा उपलब्ध गराइने जानकारी दिएका छन्। संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले ती कर्जामा विशेष गरी युवा वर्गलाई समेटिने उल्लेख गरे। त्यसैगरी, कृषिको प्रवर्द्धनका लागि भूमि बैंकजस्ता कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए। साथै, कृषिमा आउने आकस्मिक...

सरकारले नीति तथा कार्यक्रममा राख्यो संविधान संशोधनको विषय

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय समावेश गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरिरहेको नीति तथा कार्यक्रममा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेलले कार्यक्रम बाचन गर्दै भने, "सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनेछौं।" पौडेलले...

सरकारको नीति अनुसार जेन-जी पुस्तालाई स्टार्टअपमार्फत उद्यमशीलता र रोजगारीका अवसर दिने योजना

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अन्तर्गत सरकारले उद्यमशीलतामा आधारित आन्तरिक रोजगारी सिर्जना गर्ने र आयआर्जनका अवसरहरू बढाउने लक्ष्य राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति र कार्यक्रम प्रस्तुत गर्दै यस योजनाको घोषणा गरेका हुन्। यस नीतिमा सबै उद्यममा व्यवसायिक योजना (बिजनेस प्लान) र त्यसको इकोसिस्टमलाई एकीकृत गर्दै जेन-जी...

प्रिशा साह मृत फेला परेपछि परराष्ट्रको पहलमा भारतसँग सम्पर्क

काठमाडौँ — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा फेला परेपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले घटनाबारे सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल थालेको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उक्त घटनाले गहिरो दुःख व्यक्त गर्दै, भारत सरकार, ओडिसा राज्य सरकार तथा नयाँदिल्लीस्थित नेपाली...

तरकारी बेच्न नपाएपछि नुवाकोट–तारकेश्वरवासीको विरोध, फोहोरका गाडी रोके

काठमाडौँ — काठमाडौं महानगरपालिकाले माछापोखरी क्षेत्र आसपासको सडक किनारामा तरकारी बेच्न नदिएपछि त्यसको विरोधस्वरूप तारकेश्वर र नुवाकोट क्षेत्रका स्थानीयले फोहोर बोकेर जाने सवारी साधन अवरुद्ध गरेका छन्। उनीहरूले काठमाडौं उपत्यकाबाट फोहोर बोक्दै बन्चरेडाँडातर्फ गइरहेका गाडीहरू तीनपिप्ले र कागतीगाउँ क्षेत्रमा रोकिदिएका हुन्। स्थानीयले काठमाडौं महानगरले बिहानैदेखि माछापोखरी क्षेत्रमा तरकारी बेच्न निषेध गरेपछि...

स्थगित भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजेका लागि आह्वान गरेको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित गरिएको छ। प्रधानमन्त्रीको सचिवालयले आकस्मिक सूचनामार्फत बैठक स्थगित भएको जानकारी दिएको हो। साथै, सोही दिनका लागि तय गरिएको नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथग्रहण कार्यक्रम पनि स्थगित गरिएको छ। राज्यमन्त्री गर्बुजाले...