प्रचण्ड रिसोर्टमा लडेपछि अस्पताल ल्याइयो, टाउकोमा तीन टाँका!

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरमा नभई ललितपुरको लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ। मंगलबार साँझ उनी छोरी, ज्वाइँ र केही नजिकका आफन्तहरूसहित सो रिसोर्ट पुगेका थिए। त्यहाँ रात बिताउने योजना सहित उनी बसेका थिए। तर, मध्यराततिर बाथरूममा चिप्लिएर लडेपछि उनलाई तत्काल मेडिसिटी अस्पताल लगिएको...

पोखरा महानगर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली अभद्र व्यवहार आरोपमा पक्राउ

पोखरा — कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली अभद्र व्यवहारको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पराजुलीलाई बुधबार अपराह्न ४ बजे पोखराबाटै नियन्त्रणमा लिइएको हो। उनविरुद्ध वडा नं. ४ कै व्यवसायी लेखनाथ सुवेदीले मंगलबार अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। उजुरीकै आधारमा उनलाई...

भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा पनि सुरक्षा निगरानी कडा

काठमाडौं — भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको छ। नेपाल–भारत सीमा नाका र विमानस्थलहरूमा निगरानी कडा पार्ने निर्णय गरिएको छ। बुधबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भारत–पाकिस्तानबीचको पछिल्लो तनाव, त्यसको नेपालमा पार्न सक्ने प्रभाव, आन्तरिक सुरक्षा तथा सम्भावित चुनौतीका विषयमा विस्तृत छलफल...

विदेशमा रहेको भ्रष्टाचारको पैसा फिर्ता ल्याउन असफल :अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम कुमार राई

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) का प्रमुख प्रेम कुमार राईले सिंगापुर, अमेरिका लगायतका मुलुकहरूमा पुगेको भ्रष्टाचारजन्य पैसा पत्ता लागे पनि नेपाल फर्काउन नसकिएको बताएका छन्। बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै प्रमुख राईले विदेशी सरकारहरूसँग आवश्यक द्विपक्षीय सम्झौता (बाइल्याटरल एग्रिमेन्ट) नभएको कारण भ्रष्टाचारको धन नेपाल ल्याउन...

पाकिस्तानमा हवाई कारबाहीपछि भारतले ११ विमानस्थलबाट उडान रोक्यो

पाकिस्तानमा हवाई आक्रमणपछि भारतले उच्च सतर्कता अपनाउँदै सात राज्यका ११ विमानस्थलमा उडान बन्द गरेको छ। भारतको श्रीनगर, जम्मू, लेह, चंडीगढ़, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर विमानस्थलमा सबै उडानहरू स्थगित गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्। यी विमानस्थलहरू पाकिस्तान सीमासँग जोडिएका क्षेत्रहरूमा पर्ने भएकाले सुरक्षा कारण देखाउँदै उडानहरू रोकिएको हो। जम्मु...

विद्युत् सर्ट भएर आगलागी, १३ लाखको क्षति

बैतडी – बैतडी जिल्लामा आज बिहान विद्युत् सर्ट भएर एक घरमा आगलागी भएको छ, जसबाट रु १३ लाखको क्षति भएको अनुमान गरिएको छ। घटना दशरथचन्द नगरपालिका-१, गुरुखोला श्रीखण्डका केशवदत्त भट्टको घरमा भएको हो। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार, बिहान ८ः३० बजेतिर विद्युत् सर्ट हुँदा आगलागी भएको जानकारी प्राप्त...

धनकुटामा बस दुर्घटना, एकको मृत्यु र १४ जना घाइते

काठमाडौं – धनकुटामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ र १४ जना घाइते भएका छन्। दुर्घटना धनकुटाको गोठगाउँमा भएको हो, जहाँ धरानबाट धनकुटा आउँदै गरेको को १ ख २१७७ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना घटेको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको...

नेपाल प्रहरीका ७ डिआइजीको सरुवा, ६ प्रदेशमा प्रहरी प्रमुख

गृह मन्त्रालयले नेपाल प्रहरीका सात डिआइजीको सरुवा गरेको छ। सरुवामा ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।  सरुवाअनुसार कोशीमा ईश्वर कार्की, मधेशमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य, लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट र सुदूरपश्चिममा डम्बरबहादुर विकलाई पठाइएको छ। कर्णाली प्रदेशमा भने कसैलाई पठाइएको छैन। डिआइजी गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा सरुवा...

ललितपुरमा मापसे गरेर चलाइएको कार पोलमा ठोक्किँदा ३ जना घाइते

काठमाडौं – ललितपुरमा मापसे गरेर चलाएको कार बिजुलीको पोलमा ठोक्किँदा ३ जना घाइते भएका छन्। घटनास्थलको जानकारी अनुसार, गएराति ११ बजेतिर ललितपुर महानगरपालिका–१५ हात्तीवनमा बा.१५ च ७६५२ नम्बरको फोर्ड कार दुर्घटनामा परेको हो। पुलिसका अनुसार, कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा घाइते हुनेमा म्याग्दी घर भएका ४० वर्षीय अमर...

कार र मोटरसाइकल ठोक्किँदा बाबुछोरीको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुरमा आइतबार बिहान भएको दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिम लच्का नजिक कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दु:खद घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा गरूडा नगरपालिका-२, गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उनकी छोरी उर्मिला देवी रहेका छन्। इलाका प्रहरी कार्यालय...