९ महिनामा नेपालमा ११ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा ११ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स आएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक र वित्तीय स्थितिको प्रतिवेदनअनुसार, यस अवधिमा रेमिट्यान्समा १० प्रतिशतको वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्समा १७.२ प्रतिशतको वृद्धि भएको थियो। अमेरिकी डलरमा विप्रेषण प्रवाह ७.३ प्रतिशतले वृद्धि...

न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित गरियोस् : राष्ट्रपति पौडेल

काठमाडौँ, वैशाख २५ – राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा सर्वसाधारणको सहज पहुँच स्थापित हुनुपर्नेमा जोड दिएका छन्। कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका मूल्य र मान्यताहरूको संरक्षण, प्रवर्द्धन तथा न्याययुक्त समाज निर्माणमा न्याय तथा कानुन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। राष्ट्रपतिले राज्यको...

फेवातालमा हावाहुरीका कारण डुंगा दुर्घटना, सातजनाको सकुशल उद्धार

पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालमा बिहीबार अपराह्न एक्कासि आएको हावाहुरीका कारण डुंगा पल्टिँदा तालमा रहेका सातजनाको सकुशल उद्धार गरिएको छ। प्रारम्भिक जानकारी अनुसार, डबल प्याडल बोट पल्टिंदा तालमा खसेका यात्रुहरूको उद्धार गर्न फेवातालस्थित रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले सफलतापूर्वक उद्धार गरेको हो। सशस्त्र...

सवारी ज्यान मुद्दामा फरार प्रतिवादी सुदिप प्रसाद बन पक्राउ

काठमाडौं, २५ फागुन । सवारी ज्यान मुद्दामा फरार रहेका ३८ वर्षीय सुदिप प्रसाद बनलाई प्रहरीले पक्राउ गरेको छ। उनी भक्तपुरको चाँगुनारायण नगरपालिका-५ का निवासी हुन्। काठमाडौं जिल्ला अदालतको २०७६ चैत २ गतेको निर्णय अनुसार सुदिपलाई ६ महिना जेल र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। सोही फैसला कार्यान्वयन गर्नुपर्ने भएकाले उनलाई...

भारतमा एक्सद्वारा ८ हजार खाताहरू बन्द गरेको छ

सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले भारतमा करिब आठ हजार खाताहरू बन्द गरेको जनाएको छ। कश्मीरमा अप्रिल २२ मा भएको आक्रमणमा २६ पर्यटकको ज्यान गएपछि भारत–पाकिस्तानबीच तनाव बढेको पृष्ठभूमिमा भारत सरकारले एक्सलाई ती खाता बन्द गर्न अनुरोध गरेको बीबीसीले जनाएको छ। एक्सले बन्द गरेका खाताहरूमा पाकिस्तानी टेलिभिजन च्यानल डन र...

बागमतीमा निजी वनका साल रुख कटानसम्बन्धी कार्यविधि स्वीकृत

हेटौंडा — बागमती प्रदेश सरकारले निजी वनमा रहेका साल प्रजातिका रुख कटान, उपभोग, ओसारपसार र बिक्री वितरणसम्बन्धी अनुगमन कार्यविधि स्वीकृत गरेको छ। गत मंगलबार मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ‘निजी वनको साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०८१’ लाई स्वीकृति दिएको हो। प्रदेशको वन तथा वातावरण मन्त्रालयका...

फेरि घट्यो नेप्से, १२ अंकको गिरावटसँगै ११ अर्ब ६५ करोडको कारोबार

काठमाडौँ — सेयर बजारमा बुधबार पुनः गिरावट आएको छ। नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा पुगेको छ। पछिल्ला दुई दिन बजारमा देखिएको सुधारपछि फेरि गिरावट देखिएको हो। सोमबार नेप्से १.०३ अंकले र मंगलबार ६२.२५ अंकले बढेको थियो। आजको कारोबारी दिनमा नेप्से शून्य दशमलव ४५ प्रतिशतले घटेको हो। बजारमा १ लाख...

नवराज सुवेदी नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वमा गठित 'संयुक्त जनआन्दोलन समिति'ले जेठ १५ गतेदेखि अनिश्चितकालीन 'जनआन्दोलन' को घोषणा गरेको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संयोजक नवराज सुवेदीले जनआन्दोलनको घोषणा गरेका हुन्। उनले भने, "हामीले शुरू गर्ने यो जनआन्दोलनमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेना लगायतका पार्टीहरूको...

विद्यार्थी बोकेको स्कुल बसमा आगलागी, सबै विद्यार्थी सकुशल !

रुपन्देही — रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा विद्यार्थी बोकेको एक स्कुल बसमा अचानक आगलागी भएको छ। बसमा सवार करिब ४० जना विद्यार्थी भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लिटिल फ्लावर बोर्डिङ स्कुलको लु.१क १३२६ नम्बरको बस रम्भापुर क्षेत्रबाट विद्यार्थी लिएर फर्साटिकरतर्फ आउँदै गर्दा आगलागी भएको हो। प्रहरी नायब उपरीक्षक...

आज कति छ सुनचाँदीको भाउ? बजारमा फेरि परिवर्तन !

आज कति छ सुनचाँदीको भाउ? बजारमा फेरि परिवर्तन !
काठमाडौँ — नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य फेरि बढेको छ भने चाँदीको भाउ भने केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो। बुधबार सुनको मूल्य प्रतितोला १...