साथीसँग भेटघाट गर्न पुगेका इमाडोल निवासी युवकको मृत्यु, अनुसन्धान थालियो

काठमाडौं । ललितपुरको इमाडोलमा एक युवतीको कोठामा गएका युवकको मृत्यु भएको छ। सोमबार राति साथीसँग भेटघाट गर्न पुगेका इमाडोल निवासी ३१ वर्षीय जीवेश अधिकारीको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीका अनुसार, अधिकारीलाई राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि किस्ट अस्पताल लगिएको थियो। तर, आज बिहान साढे ७...

नेपाली बजारमा सुनको मूल्यमा दुई हजारको गिरावट, चाँदी भने महँगियो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (मंगलबार) छापावाला सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत सोमबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार ८ सय रुपैयाँ थियो। त्यस्तै, आज...

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछाने र छविलाल जोशीका निवेदन संयुक्त इजलासमा

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीका निवेदनहरू सर्वोच्च अदालतको एउटै इजलासमा परेको छ। उनीहरूका निवेदनहरू सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको हो। सभापति लामिछानेले उच्च अदालतको आदेश बदर माग गर्दै दायर गरेको...

बागमती सरकारले आईटी क्षेत्रमा ५ सय युवालाई रोजगारी दिने, सीप विकास तालिम र कर्जा सुविधा उपलब्ध गराइने

हेटौंडा, वैशाख ३० – बागमती प्रदेश सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा करिब ५ सय जनालाई रोजगारी दिने योजना सार्वजनिक गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच आइतबार हस्ताक्षर भएको समझदारीपत्रमार्फत यो योजना अगाडि बढाइएको हो। मन्त्री प्रेमभक्त महर्जनको उपस्थितिमा मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती र सुरक्षण...

सुनको मूल्यमा एकै दिन ठूलो गिरावट, ३७ सयले घट्यो

काठमाडौं, वैशाख ३० – नेपाली बजारमा सुनको मूल्यमा एकैदिन उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेको हो। आज सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको छ। गत आइतबार यो मूल्य १ लाख ९० हजार ५००...

सशस्त्र प्रहरीमा एआईजी बढुवा प्रक्रिया जटिल, नेतृत्व चयनमा शक्ति केन्द्रहरूको चासो

काठमाडौँ, वैशाख ३० – सशस्त्र प्रहरी बल नेपालमा एक अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त रहेको छ। वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतमको अवकाशपछि खाली रहेको उक्त पदमा हालसम्म बढुवा टुंगो लागेको छैन। गौतमको अवकाशसँगै सशस्त्रको सीमा सुरक्षा विभाग समेत नेतृत्वविहीन बनेको छ। अहिले उक्त विभागको जिम्मेवारी डिआईजी कमल गिरीले कार्यवाहकका...

फेसबुकप्रति लचक बन्यो सरकार, दर्ताका लागि अब म्याद नतोक्ने !

काठमाडौं, वैशाख ३० — सामाजिक सञ्जाल कम्पनी फेसबुक (मेटा) नेपालमा दर्ता प्रक्रिया अगाडि नबढाउँदा सरकार पछिल्लो समय लचक बन्दै गएको छ। पटकपटक तोकिएको म्यादमा पनि दर्ता नभएपछि सरकारले अब समय सीमा नै नतोकिने जनाएको छ। गत चैत ७ गते एक महिने म्याद सकिएपछि सरकारले थप एक हप्ताको समय दिएको थियो। तर,...

राजदूत श्रीवास्तवले सुदिप न्यौपानेको परिवारलाई भेटेर न्यायको आश्वासन दिए

बैशाख २९ – भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपाली नागरिक सुदिप न्यौपानेको परिवारलाई भेटेका छन्। आइतबार राजदूत श्रीवास्तव मृतक न्यौपानेको बुटवलस्थित निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्। उनले सुदिपको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भारत सरकारले आतंकवादविरुद्धको संघर्षमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। राजदूतावासले सामाजिक...

गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलको राजीनामा

काठमाडौं, बैशाख २९ – विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्य पदबाट राजीनामा दिएका छन्। उनले आजै समितिका संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा पत्र बुझाएका हुन्। अर्थ मन्त्रालय स्रोतका अनुसार नेपाली कांग्रेसले उनलाई गभर्नरको लागि सिफारिस गर्न प्रस्ताव गरेपछि उनले सिफारिस समितिबाट अलग हुने निर्णय गरेका हुन्। राजीनामा स्वीकृत गर्ने प्रक्रिया...

होटेलमा त्रास सिर्जना गरी लुटपाट, दुई महिलासहित आठ जना पक्राउ

काठमाडौं, – काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीको 'होटेल मेन्स' मा ग्राहकलाई डर देखाई लुटपाट गरेको आरोपमा दुई महिलासहित आठ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार सो समूहले होटलमा बसेका व्यक्तिहरूलाई धम्की दिँदै नगद लुट्ने प्रयास गरेका थिए। नगद नभएका व्यक्तिहरूलाई भने त्रास देखाएर मोबाइल बैंकिङ, ई–सेवा लगायतका माध्यमबाट...