साताको पहिलो दिन सामान्य गिरावटसँगै नेप्से बन्द, साढे ८ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बजार बन्द हुँदा नेप्से २.७९ अंकले घट्दै २,६०९.०५ विन्दुमा अडिएको हो। सेन्सेटिभ इन्डेक्स पनि १.८३ अंकले घटेर ४३८.१७ विन्दुमा झर्‍यो। आजको कारोबारमा कुल ३०९ वटा स्क्रिप्सका १ करोड ६९ लाख ७ हजार ७३६ कित्ता सेयर किनबेच...

समिति संयोजकबाट हटाइएका वडाध्यक्षहरूको आरोप– ‘बालेनले बैठक छल्न खोज्दै’

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका अन्तर्गत रहेका चार वटा समितिका संयोजकहरूलाई हटाएका छन्। हटाइएका वडाध्यक्षहरूले आफूहरूलाई कार्यपालिका बैठक नबोलाउने विषयबाट ध्यान मोड्न हटाइएको आरोप लगाएका छन्। महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले पाँच महिनासम्म कार्यपालिका बैठक नबोलाइएको विषयको आलोचना गर्दा आफूलाई समितिबाट हटाइएको दाबी...

कारको ठक्करबाट मध्यबानेश्वरमा तीन वर्षीय बालकको ज्यान गयो

काठमाडौं — काठमाडौंको मध्यबानेश्वरमा कारको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी बालक शिवांस झाको ज्यान गएको हो। बा.प्र.०१–३१ च ९५६३ नम्बरको कार कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गर्दा बालकलाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका झालाई उपचारका लागि केएमसी अस्पताल पुर्‍याइएको थियो, तर उपचारको क्रममा...

सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार, प्रदेश अस्पताल रिफर

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० की २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत सुर्खेतको प्रदेश अस्पताल रिफर गरिएको छ। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा र अवस्था जटिल बन्दै गएपछि बिहीबार उनलाई हेलिकोप्टरमार्फत प्रदेश अस्पताल पठाइएको थियो। यस उद्धार कार्यमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, स्वास्थ्यकर्मी, नेपाल प्रहरी र स्थानीय...

गोलभेँडाको मूल्य घट्यो, एक दिनमै प्रतिकिलो ३० रुपैयाँसम्म कमी

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडाको थोक मूल्यमा उल्लेख्य गिरावट आएको छ। बजार विकास समितिको पछिल्लो तथ्यांकअनुसार गोलभेँडाको मूल्य बुधबारको तुलनामा बिहीबार प्रतिकिलो ३० रुपैयाँसम्म घटेको देखिएको हो। कालीमाटी बजारमा पाँच प्रकारका गोलभेँडा—भारतीय ठूलो, भारतीय सानो, लोकल सानो, तराई सानो र टनेल गोलभेँडा—उपलब्ध छन्। तीमध्ये भारतीय ठूलो गोलभेँडा प्रायः...

लुम्बिनी प्रदेश सरकारको बेरुजु एक वर्षमै ६५ करोडले वृद्धि, कुल बेरुजु साढे ४ अर्ब नाघ्यो

बुटवल । लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम एक वर्षको अवधिमा झण्डै ६६ करोड रुपैयाँले बढेर कुल साढे ४ अर्ब नाघेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ। आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनअनुसार, लुम्बिनी प्रदेशको बेरुजु ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा...

नेप्से सूचक लगातार चौथो दिन घट्दा बजारमा निराशा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्ला चार कारोबार दिनदेखि लगातार घट्दै गएको छ। आज पनि नेप्से सूचक १३.९६ अंकले ओरालो लाग्दै २,६२०.२७ विन्दुमा झरेको छ। आजको कारोबार अवधिमा ३१५ वटा कम्पनीका १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर एक लाख १२ हजार ५७७ पटक किनबेच भएका छन्। कुल कारोबार...

डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश

सर्वोच्चले ७ दिनभित्र सिफारिस समिति गठन गर्न र त्यसपछि अधिकतम १ महिना १५ दिनभित्र प्राधिकरणको गठन गर्न आदेश दिएको छ।संशोधित सहकारी ऐन, २०७४ को दफा १०३(ङ) अनुसार प्राधिकरण गठन गरिनुपर्ने व्यवस्था छ, तर विगतमा ढिलाइ हुँदा सहकारी क्षेत्रको संकट झन् जटिल भएको अदालतको ठहर छ। आदेशका प्रमुख बुँदाहरू: सहकारी नियमन प्राधिकरणको गठन...

चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेडपाण्डा चोरी गर्ने प्रयास,युवक फरार

चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेडपाण्डा चोरी गर्ने प्रयास,युवक फरार
ललितपुर — ललितपुरको जावलाखेलस्थित चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेडपाण्डा चोरी गर्ने प्रयास भएको छ। मंगलबार अपराह्न दुई जना युवकले चिडियाखानामा रहेको रेडपाण्डालाई झोलामा हालेर लैजाने प्रयास गरेका जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। चोरीको प्रयासका क्रममा उनीहरूलाई देखिएपछि रेडपाण्डा त्यहीँ छाडेर फरार भएको अधिकारीले बताए। “दुई जना युवकले रेडपाण्डालाई...

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पान अध्यक्षको आग्रह

काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले फ्रान्सेली लगानीकर्तालाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्। फ्रान्सको पेरिसमा आयोजित 'फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलन'लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढ्दो ऊर्जा मागलाई पूरा गर्न नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। साथै, बजारको चिन्ता नगरी नेपालको जलविद्युत्...