ओलीका विश्‍वासपात्रको बहिर्गमन

काठमाडौँ — दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे, ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागका ढोकामा टाँसिएको छ । त्यही नारा लेखिएको मन्त्रालयको ढोकाभित्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनको ‘डिल’...

दोलखा भीमसेनलाई ‘पसिना’

दोलखा बजारस्थित भीमेश्‍वरको शीलामा ‘पसिना’ आएको भन्दै मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ । बिहीबार बिहान साढे ६ बजेदेखि ‘पसिना’ देखिएको भन्दै भीमेश्‍वरको शीलालाई पूजारीले चम्मरले हम्कने, कपासले पसिना पुछ्‍न थालिएको छ । कालो शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्‍न थालेको अवस्थालाई 'भीमेश्‍वलाई पसिना आएको' भन्ने गरिन्छ। ...

सरकारका दुई वर्ष: तुइन विस्थापनमा सफलता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षे कार्यकाल पूरा गरेको छ । उनी पहिलो पटक ०७२ साल असोज २५ मा प्रधानमन्त्री बनेपछि भनेका थिए – ‘अब तुइनको जमाना गयो, तुइन विस्थापन हुन्छ ।’ प्रधानमन्त्रीले तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिने बताएका थिए । त्यही बेलादेखि...

सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्दै

काठमाडौं । अहिले काठमाडौं उपत्यकाभरिका सडकमा बिजुलीका तारहरु देखिन्छन् । चिन्ता नगर्नुहोस् । सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भुमिगत गर्दै छ । अर्थात बिजुलीका तार जमिनभित्र (अन्डरग्राउन्ड) गरिने छ । सो ऐतिहासिक कामको प्रधानमन्त्री ओलीले सोमबार भव्य उद्घाटन गर्दै छन् । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका...

सांसद्का प्रश्नमा प्रधानमन्त्रीका यस्ता जवाफ

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दुई वर्षको प्रगती विवरण प्रस्तुत गरेका छन् ।  शनिबारको बैठकमा उनको प्रस्तुतीपछि सांसद्हरुले भारतसँगको सीमा विवाद देखि एमसीसी परियोजनासम्मका विषयमा प्रश्न गरेका थिए । सांसद्हरुको प्रश्नमा प्रधानमन्त्री ओलीले शालिनताका साथ जवाफ पनि दिए ।  कांग्रेस सांसद दिलेन्द्रप्रसाद वडुले कालापानी–लिम्पियाधुरा प्रकरणमा भारतीय प्रधानमन्त्रीसँग...

खरीपाटी पुराइयो चीनबाट ल्याइएका नेपालीलाई

काठमाडौं । चीनको हुबेई प्रान्तको वुहान तथा अन्य केही सहरबाट ल्याइएका एकसय ७५ जना नेपालीलाई त्रिभुवन विमानस्थलबाट भक्तपुरको खरीपाटी लगिएको छ ।  नीहरुलाई खरीपाटीमा बनाइएको क्वारेन्टाइनमा १४ दिन राखिनेछ । १५ औं दिन उनीहरुलाई घर पठाइने छ ।  विमानस्थलबाट खरीपाटीसम्म उनीहरुलाई ६ वटा बसमा लगिएको हो । ती बसलाई प्रहरी...

कोरोनाभाइरसले सार्सले भन्दा धेरैको ज्यान लियो

चीनमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले ज्यान जानेको सङ्ख्या ८०० नाघेको छ। करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको सङ्ख्यालाई कोरोनाभाइरसले उछिनिसकेको छ। सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो। सार्सभन्दा कम घातक? कोरोनाभाइरसले चीनको हुबेइ प्रान्तमा मात्र ७८०...

बाँकेको राप्ती सोनारी गाउँपालिका : विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उदाहरणीय अभ्यास

अरुले पनि सिक्ने कि ! बाँकेको राप्ती सोनारी गाउँपालिका विपद् जोखिमको दृष्टीले अति जोखिम स्थल मध्येको एक हो । यो गाउँपालिका विशेष गरी बाढी, डुवान, कटान, शितलहर र आगलागीबाट वर्षेनी प्रभावित हुँदै आएको छ । मोहना नदीको वाढीले प्रत्येक वर्ष जस्तो कटान र डुवानको समस्या ब्यहोर्दै आएका राप्ती सोनारी...

कोरोनाभाइरस: ‘दुष्ट भाइरस’विरुद्धको लडाइँ जित्ने राष्ट्रपति सी जिन्पिङको विश्वास

चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्। चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस सँगको भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताए। 'सङ्क्रमण उच्च तहमा पुग्दै' चीनका एकजना अत्यन्त सम्मानित स्वास्थ्य...

सभामुख सापकोटाले लिए शपथ

काठमाडौं। नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायता उच्च ओहोदाका व्यक्तिहरु शपथ ग्रहण समारोहमा सहभागी थिए।प्रतिनिधि...