ट्रम्पले इजरायललाई २,००० पाउन्डको बम पठाउने निर्देशन दिए

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई २,००० पाउन्डको बम पठाउने निर्देशन दिएका छन्, जसको आपूर्ति बाइडेन प्रशासनअन्तर्गत पहिले रोकिएको थियो। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गर्दै भने कि इजरायलले मागेका र तिरेका धेरै हतियारहरू अहिले आपूर्ति भइरहेको छ, जुन बाइडेन प्रशासनले रोक्का गरेको थियो। अघिल्लो वर्ष, बाइडेन प्रशासनले इजरायलले गाजामा...

भारतले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका नागरिक फिर्ता ल्याउन तयार

वासिङ्टन — भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीय नागरिकको "न्यायसंगत फिर्ती"का लागि भारत तयार रहेको बताएका छन्। बुधबार उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियासँगको भेटपछि पत्रकारहरूलाई जानकारी दिँदै भने, भारत अवैध रूपमा अमेरिकामा बसिरहेका आफ्ना नागरिकलाई फर्काउने प्रयासमा सधैं तयार रहेको छ। उनले भने, "यदि हाम्रो नागरिकहरू यहाँ...

अमेरिकामा टिकटक चल्न छाड्यो

अमेरिकामा टिकटक चल्न छाड्यो
६ माघ, काठमाडौं। चिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको छ । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ । छोटा भिडियोका लागि चर्चित टिकटकको चिनियाँ स्वामित्व ६ महिनाभित्र बिक्री नगरे प्रतिबन्ध हुने गरी अमेरिकाको ‘हाउस अफ...

गाजामा युद्ध विराम लागू

गाजामा युद्ध विराम लागू
तेल अभिभ । गाजामा इजरायल र हमासबिच युद्धविराम सुरु भएको छ । युद्धविराम सम्झौता अन्तर्गत  रिहा गर्ने तीन महिला बन्दीको नाम प्यालेष्टिनी सशस्त्र समूह हमासले सार्वजनिक गरेसँगै युद्धविराम लागू भएको हो ।  यसअघि हमासले सम्झौताअन्तर्गत रिहा गर्ने तीन जना महिला बन्दीको नाम सार्वजनिक नगर्दासम्म युद्धविराम लागू नगर्न इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायले...

३ सय उत्तर कोरियाली सैनिक मारिए युक्रेन युद्धमा

सोल — युक्रेनविरूद्धको युद्धमा थप ३ सय उत्तर कोरियाली सैनिकहरूले ज्यान गुमाएका छन् । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार २ हजार ७ सय सैनिक घाइते भएका छन् । दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार युक्रेनविरूद्धको युद्धमा सघाउनका लागि उत्तर कोरियाले १० हजार सैनिक रूस पठाएको जनाएको छ । ती सैनिकहरू उत्तर कोरियाली नेता किम जोङ उनले...

अमेरिकामा डढेलोका कारण ५ को मृत्यु, १ लाख ३७ हजार विस्थापित

क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोले कम्तीमा ५ जनाको ज्यान लिएको छ। डढेलोका कारण १,१०० भन्दा बढी संरचनाहरू नष्ट भएका र १ लाख ३७ हजार व्यक्तिहरू विस्थापित भएका अधिकारीहरूले जानकारी दिएका छन्। लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिएको छ र यस समय लस एन्जलस र भेन्चुरा काउन्टीका ६ स्थानमा...

ट्रम्प फेरि विवादमा

काठमाडौँ — सत्तामा हुँदा र नहुँदा पनि बारम्बार चर्चा र विवादमा आइरहने राजनीतिज्ञ हुन् डोनाल्ड ट्रम्प । आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको पद सम्हाल्दै गरेका ट्रम्प पछिल्लो पटक भने ग्रिनल्यान्ड टापु, पनामा नहर र क्यानडाबारेको अभिव्यक्तिका कारण चर्चासँगै विवादमा आएका छन् ।  गत नोभेम्बर ५ को राष्ट्रपति चुनावमा निर्वाचित ट्रम्पले आइतबार डेनमार्क...

रूस-युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी

रूस-युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी
सोल — दक्षिण कोरियाले रूस-युक्रेन युद्धमा उत्तर कोरियाका हजार भन्दा बढी सैनिकको ज्यान गएको दाबी गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार युद्धमा ज्यान गुमाउने उत्तर कोरियाली सैनिकको संख्या कम्तीमा ११ सय छ । दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएको रिपोर्ट गत साता सांसदहरूलाई...

जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा ५ को मृत्यु, ६८ घाइते

बर्लिन — जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।  प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय...

दक्षिण कोरियाली राष्ट्रपतिलाई विदेश जान प्रतिबन्ध

दक्षिण कोरियाली राष्ट्रपति यून सुक योललाई विदेश जानबाट रोक लगाइएको छ। दक्षिण कोरियाली कानुन मन्त्रालयले उनलाई विदेश जानबाट रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गले लेखेको छ। उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्नका लागि बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले सोमबार विदेशमा जानबाट रोक लगाउन अनुमति माग गरेको थियो। त्यसपछि कानुन मन्त्रालयले स्वीकृति दिएको हो। गत मंगलबार राति अचानक सैनिक...