संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकै वर्षमा १५ खर्ब बढी खर्च

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ सकिँदासम्म संघीय सञ्चिति कोष दुई खर्ब रुपैयाँभन्दा बढी घाटामा पुगेको छ। अर्थ मन्त्रालयका अनुसार साउन ३२ गतेसम्म कोषको घाटा दुई खर्ब चार अर्ब रुपैयाँ पुगेको हो। गत साउनको तुलनामा घाटा करिब २० अर्ब रुपैयाँले घटेको मन्त्रालयले जनाएको छ। साउन १ गतेको अवस्था अनुसार कोषको घाटा दुई खर्ब...

सेयर बजारमा जोरदार उछाल, नेप्से २८ सय नजिक पुग्यो, कारोबार रकम १४ अर्ब नाघ्यो

काठमाडौँ — बुधबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.०३ मा पुगेको छ, जसले बजारलाई २८ सय नजिक पुर्‍याएको छ। मंगलबार ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार कारोबार रकम उल्लेखनीय रूपमा बढेर १४ अर्ब ३ करोड रुपैयाँ नाघेको छ। बुधबारको कारोबारमा १९३ कम्पनीको सेयर मूल्य...

सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो

सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो
काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार यो मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ थियो। चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाँको वृद्धि भएको...

सुन आयात तथा बिक्री वितरण प्रणाली पुनरावलोकन हुने, मौद्रिक नीतिबाट घोषणा

काठमाडौं —नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ। शुक्रबार सार्वजनिक भएको आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति मार्फत गभर्नर डा. विश्वनाथ पौडेलले सो जानकारी दिएका हुन्। उनका अनुसार, सुनको कारोबारसम्बन्धी यसअघि गरिएको अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा नेपाल सरकारको समन्वयमा सो प्रणालीको पुनरावलोकन गरिनेछ। त्यसैगरी, मौद्रिक...

राष्ट्र बैंकको नयाँ मौद्रिक नीति सार्वजनिक — विदेशी मुद्रा, लघुवित्त र ग्राहक सुरक्षामा कडाइ

काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएपछि गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयबाट नीति सार्वजनिक गरेका हुन्। गभर्नर पौडेलका अनुसार मौद्रिक नीतिमा विदेशी विनिमय व्यवस्थापन, वित्तीय क्षेत्रको सुधार तथा नियमन, भुक्तानी प्रणालीको...

नेप्से २५ अंकले उकालो, साढे ९ अर्बको सेयर कारोबार

काठमाडौं — साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा उकालो लागेको छ। नेप्से सूचक २५.८९ अंकले बढ्दै २७३१.८० विन्दुमा पुगेर बन्द भएको हो। बुधबार नेप्से २२.०४ अंकले वृद्धि भएर २७०५.९० विन्दुमा पुगेको थियो भने आजको कारोबारले सोभन्दा अझ राम्रो सुधार देखाएको हो। साता प्रारम्भ आइतबार सामान्य...

नेप्से परिसूचकमा सुधार, फेरि २७०० माथि पुग्यो

काठमाडौं, – साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेखनीय वृद्धि देखिएको छ। परिसूचक २३.९९ अंकले उक्लिँदै २७०७.८५ विन्दुमा पुगेको छ, जुन ०.८९ प्रतिशतको वृद्धि हो। आजको कारोबारमा ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कूल २४८ कम्पनीका ३१६ स्क्रिपमध्ये १ करोड ५८ लाख २२...

नेप्सेमा निरन्तर सुधार, ७ अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं — साताको पहिलो दिन आइतबारदेखि सुधारको संकेत देखाएको सेयर बजार मंगलबार पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा पुगेको छ। यसअघि आइतबार नेप्से २६.५३ अंकले र सोमबार ९.१९ अंकले वृद्धि भएको थियो। मंगलबारको सुधारसँगै सेयर कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। बजार खुलेको...

नेप्सेमा ओरालो क्रम जारी, पाँच अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि घट्दै ०.३३ अंकले घटेर २६००.२० विन्दुमा कायम भएको छ। बुधबार कूल ३११ कम्पनीका १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँ नाघेको छ। यस दिन केही...

बुटवल उपमहानगरको ३ अर्ब ३६ करोडको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता

बुटवल – बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार नगरसभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले चालु खर्चतर्फ ४९ प्रतिशत र पुँजीगत खर्चतर्फ ५१ प्रतिशत विनियोजनसहित बजेट प्रस्तुत गरेकी हुन्। उक्त बजेटमा बुटवलले आन्तरिक स्रोतबाट मात्रै ९५...