न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम एनपीएल–२०२५ मा पोखरा एभेन्जर्सबाट खेल्ने

काठमाडौं । न्युजिल्यान्डका अनुभवी अलराउन्डर जिम्मी निसम आगामी नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

शुक्रबार बिहान पोखरा एभेन्जर्सले निसमलाई टोलीका चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जानकारी दिएको हो। पहिलो संस्करणमा जनकपुर बोल्ट्सका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका निसम यसपटक भने पोखरा टोलीमा समावेश भएका छन्।

निसमले न्युजिल्यान्डका लागि १२ टेस्ट, ७६ एकदिवसीय र ९३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० आईमा उनका नाममा १ हजार १० रन र ५६ विकेट दर्ता छन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगहरूमा समेत खेलेका छन्।

पोखरा एभेन्जर्सले यसअघि रेमन रेइपर, डान डौथवेट र इंग्ल्यान्डका विकेटकिपर–ब्याटर एडम रोसिङ्टनलाई पनि अनुबन्ध गरिसकेको छ।

तपाईको प्रतिक्रिया