एक वर्षका लागि टर्कीको फेनेरबाचे पुगे अल–नासरका डुरान

काठमाडौं । साउदी प्रो लिग क्लब अल–नासरका कोलम्बियन फरवार्ड जोन डुरान टर्कीको शीर्ष क्लब फेनेरबाचेमा लोनमा आबद्ध भएका छन्। फेनेरबाचेले सोमबार एक विज्ञप्ति जारी गर्दै डुरानलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरिएको जानकारी दिएको हो।

“हामीले अल–नासर र खेलाडी जोन डुरानसँग एक वर्षको लोन सम्झौता गरिसकेका छौं। उहाँको सफलताको कामना गर्दछौं,” क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

डुरान अल–नासरमा अनुबन्ध भएको केवल छ महिनामै फेनेरबाचे पुगेका हुन्। उनलाई अल–नासरले इङ्ग्लिस क्लब एस्टन भिल्लाबाट ७१ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो।

गत सिजन डुरानले एस्टन भिल्लाबाट २९ खेल खेल्दा १२ गोल गरेका थिए। यस्तै, अल–नासरमा आबद्ध भएपछि उनले १८ खेलमा १२ गोल गरेका छन्।

तपाईको प्रतिक्रिया