बिली जिन किङ कपमा नेपालको लगातार दोस्रो जित, कतारमाथि ३–० को सानदार जित

काठमाडौँ, नेपालले बिली जिन किङ कप टेनिस प्रतियोगिता अन्तर्गत लगातार दोस्रो जित हात पारेको छ। समूह ‘बी’ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपालले कतारलाई सोझो ३–० ले पराजित गर्दै आफ्नो प्रदर्शनलाई अझ सुदृढ बनाएको हो।

यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई २–१ ले हराउँदै विजयी शुरुआत गरेको थियो।

खेल विवरण:

▪ पहिलो सिंगल्स
नेपालकी शिभाली गुरुङले कतारकी दाना खलिफालाई ६–०, ६–२ को सोझो सेटमा हराउँदै नेपाललाई अग्रता दिलाइन्।

▪ दोस्रो सिंगल्स
नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीविरुद्ध कडा संघर्षमा ७–६, ६–४ को जित निकालिन्।

▪ डबल्स
नेपालकी सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले कतारकी हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५, ११–९ ले पराजित गर्दै नेपालको जित पक्का गराए।

समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा

प्रतियोगितामा नेपालले अब समूह चरणको अन्तिम खेल बिहीबार आयोजक श्रीलंकासँग खेल्नेछ। नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य तथा टिम अफिसियल अजय विष्टका अनुसार नेपाली टिम आत्मविश्वासका साथ तयारीमा जुटेको छ।

नेपाली टोली:

  • अभिलाषा विष्ट
  • शिभाली गुरुङ
  • सुनिरा थापा
  • स्वस्तिका विष्ट

महिला खेलाडीहरूको मात्र सहभागिता रहेको यो अन्तर्राष्ट्रिय प्रतियोगिता श्रीलंकाको कोलम्बोमा भइरहेको हो।

तपाईको प्रतिक्रिया