बार्सिलोनाका फुलब्याक जुलेस काउन्डे घाइते, ३ हप्तासम्म आराम गर्नुपर्ने सम्भावना

काठमाडौं । बार्सिलोनाका फुलब्याक जुलेस काउन्डे गम्भीर चोटको शिकार भएका छन्। लिगको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानसँगको खेल खेल्दा उनले चोटको अनुभव गरेका थिए। बिहीबार स्वास्थ्य परीक्षण गर्दा काउन्डेको बाँया खुट्टामा गम्भीर चोट लागेको पत्ता लागेको बार्सिलोनाले जानकारी दिएको छ।

बार्सिलोनाको विज्ञप्तिमा भनिएको छ, “आज बिहान गरिएको स्वास्थ्य परीक्षणमा जुलेस काउन्डेको बाँया खुट्टामा गम्भीर चोटको संकेत पाइएको छ।”

गत बुधबार भएको खेलमा इन्टर मिलान र बार्सिलोनाबीच ३–३ को बराबरी भएको थियो। सो खेलको दौरान काउन्डेले चोट महसुस गरेपछि पहिलो हाफको अन्तिम समयमा उनी मैदानबाट बाहिरिएका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काउन्डेले लगभग तीन हप्तासम्म आराम गर्नुपर्ने सम्भावना छ। यदि उनले आराम लिनु परेमा, उनले इन्टर मिलानसँगको दोस्रो लेगको खेल गुमाउनेछन् भने मे ११ मा रियाल मड्रिडसँगको महत्त्वपूर्ण खेल पनि गुमाउन सक्छन्।

तपाईको प्रतिक्रिया