महिला फुटबल: नेपाल त्रिदेशीय सिरिज खेल्न इन्डोनेसिया जाँदै, भारतसँग सिक्किममा मैत्रीपूर्ण खेल

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इन्डोनेसियामा आयोजना हुने त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिजमा सहभागी हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोज ७ गते सार्वजनिक गरेको संशोधित वार्षिक क्यालेन्डरअनुसार, नेपालले इन्डोनेसियाली टोली र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।

त्रिदेशीय सिरिजअन्तर्गत नेपालले पहिलो खेल नोभेम्बर २६ मा आयोजक इन्डोनेसियासँग खेल्नेछ भने दोस्रो खेल डिसेम्बर २ मा चाइनिज ताइपेइसँग हुनेछ।

फिफा वरीयता सूचीअनुसार चाइनिज ताइपेइ ४२औँ स्थानमा, नेपाल ८९औँ स्थानमा र इन्डोनेसिया १०६औँ स्थानमा छन्।

यससँगै नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेछ। एन्फाका अनुसार, दुबै खेल भारतको सिक्किममा आयोजना हुनेछ।

वार्षिक कार्यक्रमअनुसार, एन्फाले २०८२ सालका विभिन्न खेल गतिविधि समेटेर नयाँ क्यालेन्डर सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया