परराष्ट्र मन्त्री आरजु राणा र जापानी विदेश मन्त्रीबीच टोकियोमा भेटवार्ता

नेपालकी परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच टोकियोमा भेटवार्ता भएको छ।

मन्त्री राणा हाल जापान भ्रमणमा रहनु भएको छ र बिहीबार टोकियोस्थित जापानी विदेश मन्त्रालयमा विदेशी मन्त्री ताकेसीसँग उक्त भेटवार्ता भएको हो।

यस भेटमा नेपाल र जापानका बीचका द्विपक्षीय सम्बन्ध, आपसी चासो र अन्य साझा हितका विषयमा चर्चा भएको परराष्ट्र मन्त्री राणाको सचिवालयले जानकारी दिएको छ।

मन्त्री राणाले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा जापानको लामो समयदेखि भइरहेको सहयोगको कदर गर्दै जापान सरकार र जापानी नागरिकलाई धन्यवाद दिएकी थिइन्।

भेटमा, दुबै पक्षले नेपाल र जापानबीचको ७० वर्षे कूटनीतिक सम्बन्धको इतिहास र भविष्यमा भएका संभावनाहरूमा समेत कुराकानी गरेका थिए।

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो र आगामी वर्ष यस सम्बन्धको ७० औँ बार्षिकोत्सव मनाउने तयारी गरिएको छ।

त्यस अवसरमा, मन्त्री राणाले जापानी विदेश मन्त्री ताकेसीलाई आगामी वर्ष नेपाल भ्रमणको निमन्त्रणा पनि दिएकी छिन्।

नेपालमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले, मन्त्री राणाले जापानी उद्योगी र व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न आग्रह गर्दै नेपाल सरकारले वैदेशिक लगानीको सुरक्षा र सुनिश्चितता प्रदान गर्ने आश्वासन पनि दिएकी थिइन्।

तपाईको प्रतिक्रिया