काभा नेसन्स कप २०२५ : उद्घाटन खेलमा नेपाल तुर्कमेनिस्तानसँग भिड्ने

फाइल तस्बिर ।


काठमाडौं —बङ्गलादेशमा आगामी कात्तिक ५ गतेदेखि सुरु हुने काभा मेन्स नेसन्स कप २०२५ को खेल तालिका सार्वजनिक भएको छ। सेन्ट्रल एसियन भलिबल सङ्घ (CAVA) ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले प्रतियोगिताको उद्घाटन खेलमा तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले समूह चरणमा पाँच टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेल कात्तिक ७ गते आयोजक बङ्गलादेशसँग हुनेछ भने तेस्रो खेल कात्तिक ८ गते माल्दिभ्ससँग तय गरिएको छ। त्यसपछि नेपालले कात्तिक १० गते अफगानिस्तान र कात्तिक ११ गते श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

नेपाल भलिबल सङ्घले प्रतियोगिताका लागि १४ सदस्यीय राष्ट्रिय टोली यसअघि नै घोषणा गरिसकेको छ। च्याम्पियनसिप काभा (CAVA) को स्वीकृतिमा बङ्गलादेश भलिबल फेडरेसनले आयोजना गर्दैछ।

नेपालले यसअघि सम्पन्न प्रतियोगिताहरूमा प्रभावशाली प्रदर्शन गर्दै आएको छ, र यसपटकको काभा कपमा पनि राष्ट्रिय टोलीबाट उत्साहजनक प्रदर्शनको अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया