एमाले सचिवालय बैठक सुरू, बजेट र पार्टीको आन्तरिक विषयमा छलफल


काठमाडौं — सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जेठ १५ गते संसदमा पेश हुने बजेटको तयारी, सरकारको कामको समग्र समीक्षा, पार्टीको सांगठनिक गतिविधि तथा समसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल हुने जनाइएको छ।

यस बैठकमा पार्टी हितविपरीत अभिव्यक्ति दिएको आरोपमा गत पुसमा छ महिनाका लागि जिम्मेवारी खोसिएकी नेतृहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्ने सम्भावना पनि रहेको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया