६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सस्थापन परिवर्तन

काठमाडौँ । गृह मन्त्रालयले ६ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सस्थापन परिवर्तन गरेको छ। गृह मन्त्रालयले गृहमन्त्री रमेश लेखकको निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरूको स्थानान्तरण गरेको हो।

आजको मन्त्रीस्तरीय निर्णय अनुसार बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीहरूको सस्थापन परिवर्तन गरिएको छ। बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा नियुक्त गरिएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा स्थानान्तरण गरिएको विवरण प्राप्त भएको छ।

यसअघि खड्का सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी थिए।

तपाईको प्रतिक्रिया