२४० किलो चरेससहित दुई जना पक्राउ

काठमाडौं । पर्सा प्रहरीले करिब २४० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २९ वर्षीय सरोज मोक्तान र २१ वर्षीय नवराज लो रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार (पुस ६) बेलुका वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुर ढाँटबाट अवैध लागुऔषध चरेससहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना३ख ५०९३ नम्बरको ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाएर चरेस लुकाइएको अवस्थामा फेला परेको थियो। प्रहरीले ट्रकका चालक मोक्तान र सहचालक लो दुवैलाई पक्राउ गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया