२०२४ मा ६६ हजार ८३५ नेपालीले स्थायी बसोबासका लागि देश छाडे

नेपालबाट २०२४ वर्षमा स्थायी बसोबासका लागि ६६ हजार ८३५ जनाले देश छाडेका छन्। अध्यागमन विभागको अनुसार, तीमध्ये ३२ हजार २८७ महिला र ३४ हजार ५४४ पुरुष छन्। यस समयमा कुल १६ लाख ७४ हजार २२५ नेपाली विदेश गएका छन्, जसमा अस्थायी बसोबासका लागि १ लाख ८२७ जनाले बिदेश प्रस्थान गरेका छन्। सबैभन्दा धेरै संख्या भने कामको खोजीमा बिदेसिएका छन्।

स्थायी बसोबासका लागि विदेश गएका व्यक्तिहरूको संख्या यस वर्ष घटेर ६६ हजार पुगेको छ, जबकि २०२३ मा यो संख्या ७० हजार ९१५ थियो। अस्थायी बसोबासका लागि देश छोड्ने व्यक्तिहरूको संख्या भने यस वर्ष बढेको देखिन्छ, जुन ९२ हजार ३४९ पुगेको छ।

विभागका अनुसार, एक वर्षमा कामको खोजीमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेश गएका छन्, जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन्। स्वास्थ्य उपचारका लागि १८ हजार ७१३ नेपाली पनि विदेश गएका छन्। युएन मिशनमा ५ हजार ८४७ र खेलकुद गतिविधिका लागि २ हजार ६ सय ८० नेपाली विदेश गएका छन्।

तपाईको प्रतिक्रिया