ह्वाइट हाउस नजिक गोलीकाण्डमा सीआईए एजेन्ट संलग्न, १ को मृत्यु

काठमाडौं – वासिङटन डीसीमा भएको गोलीकाण्डले सुरक्षा एजेन्सीहरूलाई उच्च सतर्क अवस्थामा राखेको छ। घटनामा दुई जना घाइते भएका थिए, जसमा एकको मृत्यु भएको छ।

घटनामा अफगानी मूलका रहमानुल्लाह लकनवालले गोली चलाएको पुष्टि भएको छ। उनका पृष्ठभूमि र पहिचान हाल अनुसन्धानको केन्द्रमा छन्।

अमेरिकी सीआईएको निर्देशक जोन र्याट्क्लिफले लकनवालले अफगानिस्तानमा आफ्नो संगठनको सबैभन्दा गोप्य युद्ध इकाइ “जिरो युनिट्स”मा वर्षौंसम्म काम गरेको बताएका छन्। अमेरिकी सरकारी दस्तावेज अनुसार, २९ वर्षीय लकनवाललाई यसै वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत शरणार्थीको दर्जा दिइएको थियो। उनी सन् २०२१ अगस्टमा अमेरिकी सेनाले अफगानिस्तानबाट फिर्ता पारेपछि बाइडेन प्रशासनअन्तर्गत अमेरिका ल्याइएका थिए।

जोन र्याट्क्लिफले एनबीसी न्युजसँग भने, “लकनवाललाई अमेरिका ल्याउने निर्णय २०२१ सेप्टेम्बरमा गरिएको थियो। यसमा कन्धाहारमा अमेरिकी सरकारसँग गरेको उनको पूर्वकार्य र सीआईएको भूमिकालाई आधार बनाइएको हो।”

लकनवालले तालिबानसँग लड्ने CIA समर्थित स्ट्राइक फोर्स “जिरो युनिट्स”मा सेवा गरेका थिए। उनी आफ्नो करियर कन्धाहारमा गार्डका रूपमा सुरु गरेर टिम लिडरसम्म पुगे। इकाइका लागि उनले GPS ट्रयाकिङको जिम्मेवारी सम्हालेका थिए। आफन्तका अनुसार उनी खेलकुद मन पराउने र हँसिलो स्वभावका व्यक्ति हुन्। तालिबानले काबुल कब्जा गरेपछि उनको टोलीलाई अमेरिका ल्याइएको थियो।

अमेरिकी अधिकारीका अनुसार, लकनवाल वासिङटन राज्यको बेलिंघमबाट २५ सय माइलभन्दा बढीको दूरी पार गरेर डीसी पुगेका थिए। त्यहाँ उनले सारा बेकस्ट्रोम (२०) र स्टाफ सार्जेन्ट एन्ड्र्यू वोल्फ (२४)माथि गोली चलाएका थिए। यस घटनामा सारा मृत्यु भएको छ भने एन्ड्र्यू गम्भीर घाइते छन्।

घटनास्थलमा रहेका नेसनल गार्डका सदस्यहरूले लकनवाललाई नियन्त्रणमा लिए। उनी हाल अस्पतालमा गार्डको निगरानीमा छन्। उसले हत्या र हतियार सम्बन्धी आरोपको सामना गर्दैछ।

एफबीआई निर्देशक काश पटेलले भने, लकनवालले अफगानिस्तानमा अमेरिकी साझेदार बलहरूसँग काम गरेको स्वीकार गरेका छन्।

तपाईको प्रतिक्रिया