स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा १४ समिति गठन

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि विभिन्न १४ वटा समिति गठन गरेको छ। चैत ५ गतेको निर्वाचनको तयारीका लागि यी समितिहरू बनाइएका हुन्।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिएका अनुसार, स्ववियु निर्वाचनमा संघका प्रत्यक्ष र समानुपातिक पदका उम्मेदवारलाई निर्वाचित गराउन र संघको निर्वाचनमा सहभागितालाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरू गठन गरिएको हो।

आजबाट त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको कार्यतालिका सुरु भएको छ। आजको कार्यतालिकामा संघ संगठन दर्ता गरिने कार्यक्रम तय गरिएको छ।

तपाईको प्रतिक्रिया