सेयर बजारमा सामान्य सुधार, करिब साढे तीन अर्बको कारोबार

काठमाडौं — साताको तेस्रो कारोबार दिन मङ्गलबार (पुस ८ गते) सेयर बजार सामान्य अंकले उकालो लागेको छ।

यस दिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २ हजार ५८४.४९ विन्दुमा पुगेर बन्द भएको हो। कारोबार भएका ३२८ कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

मङ्गलबार कुल ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ९२ हजार ७४६ पटक कारोबार हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

अघिल्लो कारोबार दिन सोमबार (पुस ७ गते) ३ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये एसवाई प्यानल, गुराँस लघुवित्त, सयपत्री हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त तथा लक्ष्मी भ्यालु फन्डको सेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको छ।

त्यसैगरी सिटिजन लाइफ इन्स्योरेन्स, सीवाईसी नेपाल लघुवित्त, पियोर इनर्जी, पोखरा फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले बढी मूल्य घटावट व्यहोरेका छन्।

समूहगत सूचकतर्फ विकास बैंक, लगानी, जीवन बिमा, म्युचुअल फन्ड तथा निर्जीवन बिमा समूहका सूचकहरू घटेका छन्।

तपाईको प्रतिक्रिया