सेयर बजारमा गिरावट, नेप्से १०५ अंकले झर्दै २६७६ विन्दुमा

काठमाडौं । नेप्से परिसूचक साताको पहिलो कारोबार दिन उल्लेख्य रूपमा घटेर बन्द भएको छ। आइतबार नेप्से १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ विन्दुमा सीमित भएको हो।

यसदिन कुल ३४५ कम्पनीका ३ करोडभन्दा बढी कित्ता सेयर करिब १२ अर्ब रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएका छन्। बजारमा उच्च गिरावट देखिए पनि केही कम्पनीका सेयर भने सकारात्मक सर्किट तहमा कारोबार भएका छन्।

लगानीकर्ताहरूका अनुसार व्यवसायीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाही सुरु भएपछि त्यसको मनोवैज्ञानिक प्रभाव बजारमा परेको देखिएको छ।

त्यसैगरी, अधिकांश कम्पनीको सेयर मूल्य घट्दा जम्मा केही स्टक्स मात्रै बढेका छन्। समग्रमा बजार घटेसँगै सबै उपसमूहका सूचकहरू पनि नकारात्मक दिशातर्फ झरेका छन्।

तपाईको प्रतिक्रिया