सेयर बजार दोहोरो अंकले घट्यो, अधिकांश समूहको उपसूचक नकारात्मक

काठमाडौं: आइतबार, सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.४९ अंक घटेर २६८८.३१ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स २.२५ अंकले घटेर ४५२.२१ विन्दुमा पुगेको छ।

यस दिन ३०५ स्क्रिप्टको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँमा खरिदबिक्री गरिएको छ।

नेप्से परिसूचक घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले घटेको छ।

सुपर मादी हाइड्रोपावरको सेयर ९.९१ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको ६.०६ प्रतिशत र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६.०२ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो, जसको ३१ अर्ब रुपैयाँको सेयर कारोबार भयो। सीईडीबी होल्डिङ्सको ३० करोड, सेन्ट्रल फाइनान्सको २० करोड, नेपाल रिइन्स्योरेन्सको १५ करोड र सप्तकोशी डेभलपमेन्टको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यस दिन कारोबारमा आएका ६९ स्टक्सको मूल्य बढे भने १६७ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। चारवटा समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।

तपाईको प्रतिक्रिया