सुविधानगर स्थित ब्वाइज होस्टेलबाट प्रहरीले हतकडी र लौरो फेला पार्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित एक ब्वाइज होस्टेलबाट प्रहरीले हतकडी र लौरो बरामद गरेको छ। आइतबार (कात्तिक ९) दिउँसो प्रहरीले ‘सम्पदा ब्वाइज होस्टेल’मा खानतलासी गर्दा ती सामग्री फेला परेका हुन्।

प्रहरीका अनुसार ‘जेनजी’ प्रदर्शनका क्रममा हराएका हतियार र पोसाक उक्त होस्टेलमा रहेको भन्ने सूचनाको आधारमा अपरेसन सञ्चालन गरिएको थियो। सोही क्रममा प्रहरीले प्रयोग गर्ने हतकडी र लौरो बरामद गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया