सुनको मूल्यमा गिरावट, एक तोला सुन २ लाख ३७ हजारमा कारोबार


काठमाडौं :
नेपाली बजारमा मंगलबार सुनको मूल्य २,९०० रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार २,००० रुपैयाँले घटेको सुन आज थप गिरावट भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, मूल्य घटेसँगै आज एक तोला सुनको मूल्य २ लाख ३७ हजार रुपैयाँमा कायम भएको छ। सोमबार यो मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि कम भएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी २,९२० रुपैयाँमा कारोबार भएको छ, जुन सोमबार २,९८० रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया