सुन प्रति तोला २ लाख ४३ हजार पुग्यो

काठमाडौं : नेपाली बजारमा सुन–चाँदीको मूल्य लगातार बढ्न सुरु गरेको छ। बुधबार प्रति तोला २८ सय रुपैयाँले मूल्य बढेको सुनको दर आज पनि ७ सय रुपैयाँले उक्लिएको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रति तोला सुनको मूल्य ७ सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बुधबार सोही तोलाको मूल्य २ लाख ४२ हजार ३ सय रुपैयाँ थियो।

सुनसँगै चाँदीको दरमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रति तोला ३ हजार १८५ रुपैयाँ पुगेको छ, जुन बुधबारको ३ हजार १५० रुपैयाँभन्दा ३५ रुपैयाँले बढी हो।

तपाईको प्रतिक्रिया