सुधन गुरुङको चेतावनी : गृहमन्त्री, काम गर वा पद छोड!

काठमाडौं – जेनजी अभियन्ता सुधन गुरुङले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन्। गुरुङका अनुसार, सहकारी पीडितको पक्षमा काम गर्दै गर्दा घटनाको “अर्को पाटो” बुझ्न उनी रविलाई भेट्न पुगेका थिए।

भेटका क्रममा लामिछानेले आफूमाथि अन्याय भएको गुनासो व्यक्त गरेका छन्। गुरुङले भने, “उहाँ राम्रो काम गर्ने उद्देश्यले अगाडि आएका व्यक्ति हुन्। तर, देशमा राम्रो काम गरिरहेको व्यक्तिलाई फसाउन केही शक्तिहरू लागिरहेका छन्।”

यसै अवसरमा लामिछानेले जेनजी अभियानलाई खुलेर समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै चेतावनी दिएका छन्। गुरुङले भने, “गृहमन्त्रीलाई अब हामी अल्टिमेटम दिन्छौँ– कि त काम गर, कि त कुर्सी छोड।”

तपाईको प्रतिक्रिया