सिमरा अपडेट:जेनजी प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास र दुई राउन्ड हवाई फायर प्रहार

बाराको सिमरामा कर्फ्यु उल्लंघन गर्दै सडकमा निस्किएका जेनजी प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास र दुई राउन्ड हवाई फायर प्रहार गरेको छ।

प्रदर्शन नियन्त्रणका क्रममा एक डीएसपी, एक इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना प्रहरी घाइते भएका छन्।

बारा प्रहरीले बुधबार जेनजी युवामाथि आक्रमण गर्ने प्रयास गरेको आरोपमा दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ।

बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार, कर्फ्यु उल्लंघन गर्दै सडकमा प्रदर्शन गर्न निस्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन अश्रु ग्यास र हवाई फायर प्रयोग गरेको हो।

प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया