सिंहदरबारमा प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीको भेट


काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज (मंसिर २१) सिंहदरबारमा भेटवार्ता भएको छ।

पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनका क्रममा भएको आगजनी र त्यसले पुर्‍याएको क्षतिको अवलोकनका लागि सिंहदरबार पुगेकी थिइन्। सोही अवसरमा उनले प्रधानमन्त्री कार्कीसँग समेत भेटवार्ता गरेकी हुन्।

तपाईको प्रतिक्रिया