सिंहदरबारमा आज प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ।

दुवै नेताबीच दिउँसो ३ बजे सिंहदरबारमा भेट तय भएको हो।

नेताहरूका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।

भेटवार्तामा सरकारको वर्तमान अवस्था, सम्भावित राजनीतिक सहकार्य र समन्वयबारे कुराकानी हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया