सार्वजनिक जग्गामा निर्माणाधीन भवन भत्काइयो

धनुषा — महोत्तरी जिल्लाको व्यापारिक केन्द्र गौशाला बजारमा सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइरहेको पक्की घर भत्काइएको छ।

गौशाला नगरपालिका वडा नं. ५ को कित्ता नं. ११५ मा अतिक्रमण भएको र उक्त भूमि नेपालको नाममा रहेको भन्ने उजुरी जिल्ला प्रशासन कार्यालय र गौशाला नगरपालिकामा परेको थियो।

साविक शिवभक्तिखोर गाविस वडा नं. १, हाल गौशाला-५ स्थित उक्त जग्गा नेपाल सरकारकै नाममा रहेको र त्यहाँ निर्माण भइरहेको पक्की संरचनामा निर्माण सामग्री हटाउन गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले फागुन २२ गते सूचना प्रकाशित गरेकी थिइन्।

तपाईको प्रतिक्रिया