सांसद मनीष झा भन्छन् : ‘देश खत्रासँग चलिरहेको भन्नेहरूको तमासा देखियो’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले देश खत्रासँग चलाइरहेको दाबी गर्नेहरू विभिन्न विषयमा तमासा देखाइरहेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद झाले भाषा आयोगको सदस्यको नाम मिलेकै आधारमा राज्यको सेवासुविधा अर्काे व्यक्तिले लिँदा पनि पत्तो नपाउनेहरूको अवस्थाले देश कसरी चलाइरहेको हो भन्ने स्पष्ट भएको बताए।

उनले संवैधानिक नियुक्तिमा तीन वर्षसम्म अर्काले सेवासुविधा ग्रहण गरेको घटनाले देशलाई कसरी चलाइरहेको भन्ने कुरा देखाएको उल्लेख गरे। यो घटना देश सञ्चालनमा देखिएका समस्या र अव्यवस्थाको एउटा उदाहरण भएको उनले बताए।

सांसद झाले संवैधानिक नियुक्तिमा समेत ठुलो स्तरको अनियमितता भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। साथै सहकारी प्रकरणमा आफ्नो पार्टीका सभापतिको आचरणमाथि नैतिकता र नालायकीपनाको प्रश्न उठाउनेहरूलाई कुलिङ पिरियड विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको आचरणमाथि नैतिक प्रश्न उठेपछि के गर्ने भन्ने प्रश्न समेत अघि सार्दै आलोचना गरे।

तपाईको प्रतिक्रिया