सरकारले व्यापार गर्न हुन्न :प्रमुख सचेतक घिमिरे

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारलाई व्यापार नगर्न आग्रह गरेका छन्। यदि सरकारले व्यापार गरिरहेको छ भने, तुरुन्तै बन्द गर्नुपर्ने उनको भनाइ छ।

आजको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै घिमिरेले भने, “सरकारले व्यापार गर्नु हुँदैन। यदि सरकार व्यापार गरिरहेको छ भने, तत्काल बन्द गरियोस्।”

उनले सामाजिक र धार्मिक क्षेत्र दानबाट चल्ने, निजी क्षेत्रले व्यापार गर्ने र त्यसले तिरेको करबाट राज्यको कामकाज चल्ने बताए।

“यदि राज्यले व्यापार गरे भने, निजी क्षेत्र सुक्नेछ, र निजी क्षेत्र सुक्दा कर तिर्न नसक्ने र अन्ततः राज्यको अर्थतन्त्रमा समस्या आउन सक्छ,” उनले भने।

तपाईको प्रतिक्रिया