सरकारले माघ १८ देखि संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गर्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरे। फाइल तस्बिर।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र समापन गर्ने संवैधानिक प्रक्रिया अनुरूप, सोमबारको मन्त्रिपरिषद बैठकले माघ १८ देखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको हो।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच कुराकानी भएको छ। प्रधानमन्त्रीले सभामुखसँग परामर्शका क्रममा संसदमा कानुन निर्माणमा बढी ध्यान दिनुपर्ने कुरा उठाएका छन्। उनका अनुसार, संसदमा भाषण बढी हुने र कानुन निर्माणको काममा कमी आउने अवस्था रहेको छ।

तपाईको प्रतिक्रिया