सभामुखको आलोचना गर्दै लिङदेन : यो संसदीय इतिहासकै कालो समय हो

फाइल तस्बिर

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दुई प्रमुख प्रतिपक्षी दलहरूको लगातार विरोधका बाबजुद सदन चलाइरहेकोमा सभामुख देवराज घिमिरेलाई कडा आलोचना गरेका छन्। उनले यसलाई संसदीय इतिहासकै कालो समयको रूपमा उल्लेख गरेका छन्।

आज संसद बैठकको सुरुवातमा वक्तव्य दिने क्रममा लिङ्देनले भिजिट भिसा विवादमा राप्रपा र रास्वपाले जारी राखेको विरोधलाई सभामुखले बेवास्ता गरेको प्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, “प्रतिपक्षी दलहरूले डेढ महिनादेखि विरोध गरिरहेका छन्, तर जबरजस्ती संसद सञ्चालन गरिरहेको यो कार्यकाल सबैभन्दा कालो समय हो। सभामुखले समन्वय र पहल गर्नुपर्ने थियो।”

लिङ्देनले मन्त्रीहरूलाई लेनदेन काण्डमा मुछिँदा प्रधानमन्त्रीको सुशासन आयोगको खोजी भइरहेको भन्दै प्रश्न उठाए र मन्त्रीहरूको राजीनामा तथा बर्खास्तगीको माग गरे।

उनले थपे, “जनतालाई भ्रममा पार्ने प्रयास भइरहेका छन्, ठूलो दलहरू मिलेर देश लुटिरहेका छन्।”

तपाईको प्रतिक्रिया