सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले बिहीबार शिष्टाचार भेट गरेका छन्।

सञ्चार मन्त्रालयमा सम्पन्न उक्त भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, नेपालको वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ।

भेटमा मन्त्री खरेलले जेनजी आन्दोलनपछि देखिएको राजनीतिक परिदृश्य तथा वर्तमान सरकारका प्राथमिकताका विषयमा राजदूत थम्प्सनलाई जानकारी गराएका थिए।

राजदूत थम्प्सनले मन्त्री खरेललाई सफल कार्यकालका लागि शुभकामना तथा बधाई दिएका छन्।

तपाईको प्रतिक्रिया