संसदमा पुराना पात झरेर नयाँ पात पलाएको छ : सांसद जगदीश खरेल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले जेनजी युवाहरुसँग यसअघिको सरकारले गरेको १० बुँदे सम्झौता अक्षरशः पालना गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले जेनजी युवाहरुको बलिदानकै कारण मुलुक नयाँ अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै सम्झौता यताउता भए स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
जेनजी आन्दोलनपछि मुलुकमा निर्वाचन हुनेमा धेरै आशंका रहेपनि सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन सम्पन्न गरेको भन्दै तत्कालीन सरकारको प्रशंसा गर्नुभयो ।
तोकिएको समयमा नै निर्वाचन सम्पन्न भएका कारण संसदमा पुराना पातहरु हट्दै गएको र नयाँ पालुवा पलाएको उनको तर्क थियो । उनले जेनजी आन्दोलनपछि मुलुकमा राजनीति र राजनीति नेतृत्वको परिभाषा नै परिवर्तन भएको उल्लेख गर्नुभयो ।
उहाँले भँन्नु भयो– ‘हामीमध्ये कसैलाई फागुन २१ मा निर्वाचन हुन्छ भनेर लागेको थिएन । तर, सुशीला कार्की नेतृत्वको सरकारले पार्टीका ढोकाढोकामा गएर वार्ता गरेर निर्वाचनको वातावरण बनायो । त्यसको परिणाम आज संसदमा पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्, वसन्तको बहार भएको छ ।’
उनले सार्वभौम व्यवस्थापिका संसदलाई कार्यपालिकाको छायाँ बन्ने अवस्था आउन नदिन सवै प्रतिवद्ध हुनुपर्ने समेत बताउनु भयो ।
उहाँले आफ्नो निर्वाचन क्षेत्र ललितपुरको सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो, सांसद खरेलले अन्य सांसदहरूलाई ललितपुरको सम्पदा हेर्ने गरी आउन निम्तो समेत गर्नु भएको छ ।
‘मेरो निर्वाचन क्षेत्र ललितपुर २ मन्दिरै मन्दिरको सहर हो, सम्पदा नै सम्पदाको सहर हो, अरनिकोको घर त्यहाँ छ । सम्पूर्ण माननीय ज्यूहरूलाई हेर्न जान पनि आग्रह गर्दछु ।’ जगदिश खरेल
उहाँले महालक्ष्मी नगरपालिकामा पानीको हाहाकार रहेकाले समस्या समाधानका लागि काम गर्ने वाचा गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया