संविधान तथा जेनजीसँग सम्बन्धित सरोकारबारे एमाले उपाध्यक्ष पौडेलको धारणा सार्वजनिक

काठमाडौं — पूर्वअर्थमन्त्री विष्णु पौडेलले संविधानको व्याख्या तथा कार्यान्वयनसँग सम्बन्धित विषयहरूलाई स्पष्ट र व्यवस्थित बनाउन पार्टी निरन्तर रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “संविधानलाई लिएर एमालेले विभिन्न चरणमा छलफल गरेर महत्त्वपूर्ण निष्कर्षहरू अघि सारेको छ ।”

उनले भने, “जेनजीको मागका विरुद्धमा एमाले थिएन र रहँदैन ।” जेनजीको जायज सरोकार सम्बोधन गर्ने एक मात्र राजनीतिक दल एमाले रहेको उनले दाबी गरे ।  उनले भने, “नेकपा एमालेले नेपाली समाजका सबै भाषा, धर्म, वर्ग सबैको प्रतिनिधित्व गर्छ । त्यस अर्थमा जेनजी उमेर समूहको लिडर एमाले हो ।” 

जेनजी आन्दोलनपछि भएका घटनाक्रमले राष्ट्रिय राजनीति चिन्ता र चासोको विषय रहेको पनि उनको भनाइ छ । 

तपाईको प्रतिक्रिया