विप्लव नेतृत्वको नेकपाद्वारा काठमाडौंमा सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै र्‍याली

काठमाडौं, – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै प्रदर्शन गरेको छ। पार्टीले र्‍यालीसहित राजधानीको विभिन्न मार्गबाट आन्दोलन गर्दै भृकुटीमण्डपमा सभामा गरेको हो।

काठमाडौंमा बिहीबार दिउँसो आयोजित यस सभाको उद्देश्य जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम तथा पार्टीको धारणा आम जनतासम्म पुर्‍याउनु रहेको नेकपाले जनाएको छ।

सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन्।

तपाईको प्रतिक्रिया