लोकप्रिय गायिका इन्दिरा गोलेको निधन


काठमाडौं । चर्चित गायिका इन्दिरा गोलेको निधनप्रति नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले दुःख व्यक्त गरेका छन्।

नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्देश व्यक्त गरेका हुन्। उनले लेखेका छन्, “ललितपुरको दुर्गम गाउँमा जन्मेर नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएकी लोकप्रिय गायिका इन्दिरा गोलेको निधनको खबरले म स्तब्ध भएको छु। उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।”

गायिका गोलेले नेपाली लोक तथा आधुनिक संगीतमा लामो समयसम्म सक्रिय भूमिका निर्वाह गर्दै दर्शक तथा श्रोताको मन जित्न सफल भएकी थिइन्। उनको निधन बुधबार भएको हो।

तपाईको प्रतिक्रिया