लागूऔषध कारोबारमा कुरा नमिल्दा पोखरामा खुँडा प्रहार

पोखरा: पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-१८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरेर फरार भएका पोखरा-१७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको कास्की प्रहरीले जनाएको छ।

खुँडा प्रहारबाट घाइते भएका समिरलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएको थियो, र उपचारपछि उनी घर फर्किएका छन्।

पक्राउ परेका ठकुरीविरुद्ध जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया