रुकुम पश्चिममा जीप दुर्घटना, ७ जना घाइते

काठमाडौं। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै आज बिहान जीप दुर्घटना भएको छ।

वडा नं. २ को बादँरपानी, रुघा हुँदै खलङ्गा जाँदै गरेको लु १ ज ४११२ नम्बरको जीप अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा चालकसहित १० जना यात्रु थिए, जस मध्ये सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाइएको छ।

घाइतेहरूको नाम तथा उमेर यस प्रकार छन्:

  • प्रेम खड्का (३२), त्रिवेणी–२, सिम्रुतु
  • ससे घर्ती (८४), त्रिवेणी–१
  • सरिता केसी (२०), त्रिवेणी–२
  • सुनिता केसी (२८), त्रिवेणी–२
  • गीता ओली (२२)
  • सपना परियार (४०), मुसिकोट नगरपालिका–१३
  • शिवकुमारी शर्मा, मुसिकोट–५

प्रहरी निरीक्षक पाठकले घाइतेहरूको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको बताए। घाइतेहरूलाई हातखुट्टा र टाउकोमा चोट लागेको छ।

तपाईको प्रतिक्रिया