रास्वपाले प्रधानमन्त्री ओलीलाई सोध्यो- तपाईं हिटलर बन्दै हो ?

रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी ओली हिटलर प्रवृत्तितर्फ अघि बढेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद खनालले प्रधानमन्त्रीलाई प्रश्न सोधेको आरोपमा दुई युट्युबरको प्रेस पास निलम्बन गरिएपछि प्रधानमन्त्रीलाई हिटलर बन्दै हो भनेर प्रश्न गरेका छन्।

‘के तपाईं हिटलर हो ? भनेर प्रश्न सोधेको आधारमा दुईजना पत्रकारको पास संघीय संसद्ले निलम्बन गरेछ। केही दिनअगाडि यही सत्तापक्षका माननीयले निर्वाचन जितेर आएको मानिस पनि हिटलर हुन सक्छ ? भनेर प्रश्न सोध्नुभएको थियो। संसद् सचिवालयलाई सचेत गराउनुभएको थियो। आज निलम्बनको खबर आयो,’ उनले भने।

तपाईको प्रतिक्रिया