राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेस


काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ।

आइतबार शीतल निवासमा आयोजित विशेष कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त प्रतिवेदन राष्ट्रपति समक्ष औपचारिक रूपमा बुझाइएको हो। प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम प्रतिवेदन हस्तान्तरण गर्नुभएको जानकारी दिइएको छ।

कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको छ। प्रतिवेदनमा नेपालको समसामयिक सुरक्षा अवस्था, सीमा सुरक्षा, आन्तरिक शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषय समेटिएका छन्।

अन्तरिम सरकारले सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। राष्ट्रपति पौडेलले प्रतिवेदन ग्रहण गर्दै राष्ट्रिय सुरक्षामा सरकारको प्रयासको प्रशंसा गर्नुभएको छ।

तपाईको प्रतिक्रिया